Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुहाङलाई बधाई दिँदै अध्यक्ष ओली भने - आशालाग्दा युवाहरुलाई अझ अगाडि बढाउँछौँ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम-२ मा विजयी भएका एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई बधाई दिएका छन् ।

अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत सुहाङलाई बधाई तथा मतदातालाई धन्यवाद दिएका हुन् ।

इलाम २ मा नेपाली कांग्रेसका डम्बर खड्कालाई ५८३० भोटले पछि पार्दै सुहाङले प्रतिनिधिसभा सदस्यको यात्रा तय गरेका छन् ।

उनले सुहाङलाई इलाम जाँदा कति मतले जितिन्छ भनेर प्रश्न गर्दा जवाफमा सुहाङले इलामेली जनतालाई सोध्नुपर्छ भनेर भनेको समेत उल्लेख गरेका छन् ।

साथै ओलीले एमालेले नेतृत्वमा युवाहरुलाई अघि सार्दै आएको उल्लेख गर्दै आशालाग्दा युवाहरुलाई अझ अगाडि बढाउँदै जाने प्रतिवद्धता समेत जनाएको छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077