Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुहाङको विजय जुलसमा सहभागी हुन इलाम जाँदै ओली

काठमाडौं । काठमाडौं स् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने भएका छन् ।

इलाम–२ को प्रतिनिधिसभामा विजयी उम्मेदवार सुहाङ नेम्वाङको विजय जुलुसमा सहभागी हुने ओली इलाम जाने भएका हुन्। ओली आज दिउँसो १ बजे इलाम पुग्ने उनको सचिवालयले जनाएको छ।

यसअघि एमाले अध्यक्ष ओली इलाम २ मा पार्टीको उम्मेदवार बनेका सुहाङको चुनावी सभामा समेत पटक–पटक सहभागी भएका थिए ।

मंगलबार बिहान सकिएको मतगणनामा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई ५ हजार ८३० मतान्तरले पछि पार्दै एमालेका सुहाङ विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077