Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

चुनाव जितेपछि सुहाङले भने - मत दिएबापत तपाईँहरूले कहिल्यै पछुताउनुपर्ने छैन

काठमाडौं । इलाम-२ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले मतदाताहरुलाई आभार प्रकट गरेका छन् ।

सुहाङले बुवाले देखाएको निष्ठाको बाटो र इमानलाई शिरमा राखेर ‘समृद्ध इलाम : सुखी इलामेली’ हाम्रो साझा सपना र संकल्प पूरा गर्ने प्रतिवद्धता जनाएका हुन् ।

जितपछि आभार तथा धन्यवाद सन्देश व्यक्त गर्दै सुहाङले भनेका छन्, ‘इलामको माटोको कसम खाएर म यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु। मलाई मत दिएबापत तपाईँहरुले कहिल्यै पनि पछुताउनुपर्ने छैन ।मेरो हात समाएर ‘बाबु, अब युवाहरु तयार हुनुपर्छ । अब तिमी इलामेली जनताको सेवाको लागि तयार हुनुपर्छ’ भनेर इलामेली जनताको न्यानो काखमा पठाउनुहुने हाम्रो पार्टी नेकपा (एमाले)का श्रद्धेय अध्यक्ष कमरेडप्रति आभारी छु ।’

आफुले इलामको समृद्धिको नयाँ अध्यायका लागि विश्वास जित्ने मौका दिन गरेको आग्रहलाई साथ दिएको भन्दै अब समृद्धिको नयाँ अध्याय सुरू भएको बताएका छन् ।

इलामेलीको सेवाको लागि आफ्नो हात समाएर पठाएको भन्दै एमाले अध्यक्ष केपी ओलीप्रति आभार व्यक्त गरेका छन् ।

साथै चुनावमा अहोरात्र खटिने नेता-कार्यकर्ता, शुभेच्छुक, समर्थक र आम मतदातामा उनले आभार र धन्यवाद दिएका छन् ।

उनले चुनाव प्रचारप्रसारमा अट्ने नेता कार्यकर्ताप्रति पनि ऋणी भएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077