Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सुदूरपश्चिममा नाउपाकी सांसद थापाले लिइन् कृषिमन्त्रीको शपथ

धनगढी । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी(नाउपा)की सांसद टीका थापा मन्त्री बनेकी छन् ।

प्रदेश प्रमुख नजिर मियाँले आज थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको पद तथा गोपनीयताको शपथ गराएका हुन्।

मंगलबार बिहान बसेको सत्तारूढ गठबन्धनको बैठकले नाउपालाई कृषि मन्त्रालय दिने सहमति गरेको थियो।

नाउपाका कैलाश चौधरीलाई मुख्यमन्त्री सोडारीले यसअघि नै भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त गरेका थिए।

मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज मन्त्री मण्डल विस्तार गर्दै थापालाई नियुक्त गरेका थिए ।

यसअघि थापालाई विना विभागीय मन्त्री बनाउन लागिएको थियो ।

तर उनी विना विभागीय मन्त्रीको शपथ लिन अस्वीकार गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077