Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कतारबाट काठमाडौं उत्रिएलगत्तै विमानस्थलबाटै अपहरणमा परे यादव

काठमाडौं । सोमवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अपहरणमा परेका राजविराजका सितेन्द्र यादवलाई प्रहरीले उद्धार गरेको छ ।

कतारबाट काठमाडौं उत्रिएलगत्तै अपहरणमा परेका विमानस्थलबाट अपहरणमा परेका यादवलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले मंगलवार बिहान सिनामंगलबाट उद्धार गरेको हो ।

साथै अपहरणमा संलग्न अजिम अली र सलिम अलाहीलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ ।

यादवलाई कोठामा पुर्‍याएपछि उनीहरूले उनकी श्रीमतीलाई फोन गरेर ४ लाख ८० हजार रुपैयाँ फिरौती मागेका थिए ।​

यादवलाई कोठामा लगेर हात खुट्टा बाँधेर राखिएको अवस्थामा ​सिनामंगलबाट उद्धार गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077