Jul 07 2026 | २०८३, आषाढ २३ गते

07 Jul 2026 | मंगलवार, आषाढ २३ गते २०८३

मंगलवार, आषाढ २३ गते २०८३
images
images

शेयर बजार उच्च अंकले बढ्यो, ४ अर्ब ८० करोडको सेयर किनबेच

काठमाडौं । नेप्से परिसूचक २५.९३ अंकले बढेर २००६.२८ विन्दुमा पुगेको छ । साताको पहिलो कारोबार दिन आइतबारदेखि लगातार बढेको नेप्सेले आज पनि सोही यात्रालाई निरन्तरता दिएको हो ।

यसअघि वैशाख ३ गते सोमवार नेप्से परिसूचक दुई हजार विन्दुमाथि थियो । नेप्से दोहोरो अंकले बढेसँगै कारोबार रकम पनि वृद्धि भएको छ ।

आज फाइनान्सबाहेक सबै समूहको शेयर बढेकोमा बीमा, विकास बैंक, होटल, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले बढेको छ ।

आज कर्पोरेट विकास बैंक र इन्फिनिटी लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन पोखरा फाइनान्स समूहको शेयर भने सात प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज कारोबार रकम पनि बढेको छ । आज तीन सय २० वटा कम्पनीका एक करोड १८ लाख कित्ता शेयर चार अर्ब ८० करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै साइन रेसुङ्गा विकास बैंकको १८ करोड २४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077