Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आगामी निर्वाचनमा भाग लिने र माओवादी घटकबीच एकता गर्ने विप्लवको निर्णय

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले माओवादी घटकबीच पार्टी एकता गर्ने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय कपिलवस्तुको शिवगढीमा वैशाखको पहिलो साता सम्पन्न केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । साथै आगामी निर्वाचन उपयोग गर्ने नीति पनि सो पार्टीले अघि सारेको महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जानकारी दिए ।

देशको अवस्था निकै तरल र गम्भीर मोडमा रहेको विश्लेषण गर्दै उनले वामपन्थीबिच फराकिलो मोर्चा निर्माण गर्न विचार मिल्नेसँग एकता गर्दै जाने गरी बैठकले निर्णय गरेको जानकारी दिए ।

साथै वृहत् समाजवादी आन्दोलनलाई सफल बनाउन नेकपाले नेतृत्व गर्ने उनले बताए । देशलाई समाजवादी हुँदै साम्यवादी व्यवस्थामा लैजान तीन वटा विकल्प पनि विप्लवले अघि सारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077