Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अनलाइन मार्फत २३ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । अनलाइन मार्फत ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ घर भएकी ३० वर्षीया अनु श्रेष्ठ छिन्।

सामाजिक संजाल फेसवुक र ह्वाट्सएप मार्फत ‘सामान पठाएको छु’ भनेर उनले भन्सार चार्ज लाग्छ भनेर रकम असुल्ने गरेकी थिईन् ।

आरोपीले हालसम्म २३ लाख रुपैयाँ ठगेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

श्रेष्ठ काठमाडौंको चप्पल कारखानाबाट पक्राउ परेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077