Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

इलाममा भ्यान दुर्घटना हुँदा चालकको मृत्यु, एक गम्भीर घाइते

इलाम । इलाममा भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

झापाबाट इलाम आउँदै गरेको मे१ज ३२६३ नम्बरको भ्यान मेची राजमार्गअन्तर्गत रोङ गाउँपालिका–४ बाइखोरमा दुर्घटना भएको हो ।

भ्यान सडकबाट करिब पाँच सय मिटर तल खसेको इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए।

दुर्घटनामा परी मारुती भ्यानका चालक देउमाई नगरपालिका–६ का २५ वर्षीय दिपेश राईको मृत्यु भएको छ।

भ्यानमा सवार इलाम नगरपालिका–५ निवासी २६ वर्षका विश्वास राई गम्भीर घाइते भएको प्रनाउ जबेगुले जानकारी दिए।

उनलाई उपाचारका लागि झापा पठाइएको पठाइएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077