Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

जब ललितपुरस्थित हरिसिद्धीमा गहुँ काट्न पुगे विप्लव...

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ललितपुरस्थित हरिसिद्धीमा गहुँ काट्न पुगेका छन् ।

१३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिन पारेर पार्टीले सञ्चालन गरेको कृषि केन्द्रमा लगाइएको गहुँ काटेर विप्लवले नेता कार्यकर्तासँग शुभकामना साटासाट गरेका हुन्।

पार्टीले सञ्चालन गरेको उत्पादन अभियानमार्फत उनी खेतीपातीमा देखिइरहेका हुन् ।

विप्लवले नेपाल तथा विश्वभरिका श्रमिकलाई खेतबाटै शुभकामना दिएका छन् ।

विश्वमा श्रमिकहरूको महत्त्व बढ्दै गएको भन्दै श्रमिक र पूँजीपतिबीचको खाडल साँघुरो बनाउँदै लैजानुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077