Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

सत्ता गठबन्धनमा सामेल भए पनि मेरो मनमा चैन छैन : माधव नेपाल

चितवन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी वर्तमान गठबन्धनमा सामेल भए पनि मनमा चैन नभएको बताएका छन्।

चितवनमा पार्टीको १० औं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

अध्यक्ष नेपालले गठबन्धन कुन दिनमा के हुने हो भन्ने स्थिति नरहेको बताए।

अध्यक्ष नेपालले भने,‘अहिले हामी यो गठबन्धनमा छौं। अल्लि चैन भइराख्या छैन। मनको चैन भइराख्या छैन। व्यवहारमै होला समस्या। अब कुन दिनमा के भइहाल्ने हो भन्ने स्थिति छैन। धेरै भनौं पत्रिकामा छापिइहाल्छ फेरि।’

अध्यक्ष नेपालले विगतमा गरेका गल्तीबाट सुध्रिए वामपन्थी एकताको विषयमा कुनै आपत्ति नरहेको प्रष्ट्याए।

उनले एकीकृत समाजवादी पार्टीले कुनै आग्रह पालेर नबसेको बताए। उनले समाजवादी मोर्चामा आउन चाहनेलाई स्वागत गर्ने बताए।

हाल चारवटा वामपन्थी पार्टी रहेको मोर्चामा अन्य समाजवादी शक्ति पनि आउन सक्ने अध्यक्ष नेपालको भनाई छ।

अध्यक्ष नेपालले संविधान, गणतन्त्रलाई मास्न खोज्ने शक्ति क्रियाशील रहेकाले उनीहरूलाई परास्त पार्न एक हुनु जरूरी रहेको बताए।

पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले कम्युनिष्ट पार्टीहरूबीच एकता आवश्यक रहे पनि पहिले जस्तो एकताको अर्थ नरहेको बताए।

कम्युनिष्ट पार्टी मिल्दा संसदमा झण्डै दुई तिहाइ सांसद भए पनि पनि कुनै गतिलो काम गर्न नसकेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077