Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

विगतका गल्ती सुधार्ने हो भने वामपन्थी एकतामा कुनै आपत्ति छैन : नेपाल

चितवन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकार ढुलमुले अवस्थामा रहेको बताएका छन् ।

आफ्नो पार्टी गठबन्धन सरकारमा सामेल भए पनि मनमा चैन नभएको बताएका उनले भने–‘अहिले हामी यो गठबन्धनमा छौं। अल्लि चैन भइराख्या छैन। मनको चैन भइराख्या छैन। व्यवहारमै होला समस्या। अब कुन दिनमा के भइहाल्ने हो भन्ने स्थिति छैन । धेरै भनौं पत्रिकामा छापिइहाल्छ फेरि।’

चितवनमा पार्टीको १० औं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले विगतमा गरेका गल्तीबाट सुध्रिए वामपन्थी एकताको विषयमा कुनै आपत्ति नरहेको प्रष्ट्याए। उनले एकीकृत समाजवादी पार्टीले कुनै आग्रह पालेर नबसेको बताए।

नेपालले भने–‘विगतमा वामपन्थी एक हुँदा पार्टी विधान र देशको संविधानलाई कुल्चिने काम भयो, ठग्ने, लुट्ने, चुस्ने, भ्रष्टाचार गर्ने प्रवृत्ति हाबी भयो। त्यो अवस्थामा हामीले विद्रोह नगरेको भए संविधान मिच्ने प्रवृत्ति हाबी हुन्थ्यो, आफूलाई मन नपरेका मान्छे सबैलाई पाखा लगाइदिने हाबी हुन्थे । तर अब सुध्रिए भने कुनै आपत्ति छैन, सुध्रियोस् भन्ने हाम्रो चाहना छ। हामी आग्रह पालेर बसेको छैनौं।’

उनले समाजवादी मोर्चामा आउन चाहनेलाई स्वागत गर्ने बताए। हाल चारवटा वामपन्थी पार्टी रहेको मोर्चामा अन्य समाजवादी शक्ति पनि आउन सक्ने उनले बताए। उनले भने–‘विगतको कमजोरीको आत्मसमीक्षा गर्न तयार हुनुपर्यो, त्रुटि सच्चाएर आउनुपर्यो ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077