Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीप लामिछाने भन्छन् - म षड्यन्त्रको शिकार भए, सबैकुरा समयसँगै बाहिर आउँछ

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफू षडयन्त्रको शिकार भएको बताएका छन् ।

बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान समेत रहेका लामिछानेले यस्तो बताएका हुन् ।

उनले आफू षडयन्त्रको शिकार भएकोमा कुनै शंका नरहेको बताए । उनले आफूविरुद्ध षडयन्त्र गर्नेलाई भगवानले मूल्याङकन गर्ने उल्लेख गरेका छन् । साथै लामिछानेले सत्यतथ्य सबैकुरा समयसँगै बाहिर आउने उल्लेख गरेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले आज मात्रै आसन्न टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको थियो । तर उच्च अदालतमा सन्दीपको मुद्दा विचाराधिन रहेका कारण सन्दीप टोलीमा परेनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077