Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रबर कारखानाभित्र विस्फोट हुँदा दुई जनाको मृत्यु

एजेन्सी । उत्तरी भारतीय राज्य पन्जाबको रबर कारखानाभित्र विस्फोट हुँदा दुई जना कामदारको मृत्यु भएको छ ।

पञ्जाबको लुधियाना जिल्लाको जस्पल बाङ्गर गाउँको औद्योगिक क्षेत्रमा रहेको कारखानाभित्र बुधबार राति विस्फोट भएको हो ।

रबर उत्पादन केन्द्रमा विस्फोट हुँदा दुई जना कामदारको मृत्यु भएको पञ्जाब प्रहरीले जनाएको छ ।

पीडितको शव पोस्टमॉर्टम प्रक्रियाका लागि अस्पतालमा पठाइएको र पोष्टमार्टम पछि परिवारलाई हस्तान्तरण गरिने छ।

प्रहरीले विस्फोटको उचित अनुसन्धानको लागि आदेश जारी गरी सक्रियता बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077