Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपति पौडेलद्धारा संसद्को बजेट अधिवेशन आह्वान

काठमाडौं । संसद्को बजेट अधिवेशन आह्वान गरिएको छ ।

बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते दिउँसो २ बजेका लागि संसद्का दुवै सदनको बैठक आह्वान गरेका हुन् ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले संघीय संसद्को बजेट अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

संघीय संसद्को हिउँदे तेस्रो अधिवेशन यही वैशाख २ गतेदेखि अन्त्य गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077