Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नाबालिगलाई वेश्यावृत्ति गर्न लगाएको आरोपमा खाजाघर सञ्चालक पक्राउ

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–९ मा सञ्चालित सुर्खेत खाजा घरका दुईजना सञ्चालक पक्राउ परेका छन् ।

मानव बेचबिखन ब्युरोका अनुसार दार्चुला घर भएका २९ वर्षीय लोकेन्द्र बडू र सर्लाहीको हरिवन घर भएकी ३७ बर्सिया कान्छीमाया घिसिङ पक्राउ परेका हुन् ।

नाबालिगहरूलाई वेश्यावृत्तिमा लगाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुले ‘वेटरको काम दिन्छौँ’ भनेर नाबालिगहरूलाई ल्याएर त्रास देखाएर वेश्यावृत्ति गराएको आरोप छ ।

उनीहरुले एकजना ग्राहकबाट ५ हजार देखि ८ हजारसम्म असुल्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरूविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा म्याद लिएर ब्युरोले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077