Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

लोकसभा निर्वाचनका लागि राहुल गान्धीले रायबरेलीबाट दर्ता गराए उम्मेदवारी

एजेन्सी । कांग्रेस सांसद राहुल गान्धीले रायबरेलीबाट लोकसभा निर्वाचनका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

राहुल गान्धीले कांग्रेस संसदीय दलकी नेतृ सोनिया गान्धी, कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगे, प्रियंका गान्धी, अशोक गहलोत, रेवन्त रेड्डीको उपस्थितिमा आफ्नो उम्मेदवारी पत्र भरेका थिए ।

यस क्रममा राहुल गान्धीले रायबरेलीमा रोड शो पनि गरेका थिए र त्यसमा उनका हजारौँ समर्थकहरू उपस्थित थिए । राहुल गान्धीले वायनाडबाट पनि उम्मेदवारी दिएका छन् ।

त्यहाँ मतदान भइसकेको छ । राहुल गान्धीले यस अघि अमेठीबाट उठ्दै आएका थिए । तर सन् २०१९ को लोकसभा निर्वाचनमा उनी भाजपाकी स्मृति इरानीसँग पराजित भए ।

यस पटकको निर्वाचनमा पनि उनी अमेठीबाट उम्मेदवार बन्ने अनुमान गरिएको थियो । प्रियंका सोनिया गान्धीको लोकसभा सिट रायबरेलीबाट चुनावमा उठ्ने चर्चा थियो ।

तर अन्तिम क्षणमा कंग्रेसले अमेठी सिटमा किशोरी लाल शर्मालाई उठाएको छ । हाल राहुलकी आमा सोनिया गान्धी रायबरेलीकी सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077