Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देशका विभिन्न स्थानमा चारजना मृत अवस्थामा फेला

काठमाडौं । विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला परेका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार रौतहटको चन्द्रपुर नगरपालिका-१ माथिल्लो क्यान्टिन बजार बस्ने ३० वर्षीयको कृष्ण बाबु लामा छिमेकीको घरको छतमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी कपिलवस्तुको शिवराज नगरपालिका-४ चनई घर भई सोही नगरपालिका-४ डकैयास्थित घरमा काम गरी बस्ने ६५ वर्षीय तुल्सिराम यादव सोही घर नजिक रहेको परालको चाङमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

बझाङको केदारस्युँ गाउँपालिका-८ बस्ने ३१ वर्षीय मदन धामी पनि सोही ठाउँस्थित चडेपानी भिरमुनि शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

बिहीबार घरबाट निस्केकोमा घर नआएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो । यसैगरी गुल्मीको मालिका गाउँपालिका-१ रातामाटा बस्ने ४७ वर्षीय लाल बहादुर विक घर नजिक रहेको शौचालय नजिक शुक्रबार मृत अवस्थामा फैला परेका छन् ।

बिहीबार स्वास्थ्य चौकी जान्छु भनी हिँडेका उनी नफर्किएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077