Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।

यसका लागि महानगरले शनिबार सार्वजनिक सूचना जारी गर्दै आवेदन आह्वान गरेको हो ।

काठमाडौं महानगरले महानगरपालिकाभित्र स्थायी बसोवास भएका, योग्य उमेदवारका लागि लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको हो । सात दिनभित्र महानगरको सामाजिक विकास विभागमा आवेदन पेस गर्नुपर्नेछ ।

नागरिकताको फोटोकपी, स्थायी बसोवास गरेको प्रमाणपत्र, खरिदार र नायव सुब्बास्तरको कक्षाका लागि प्लस टु पास गरेको र अधिकृतका लागि स्नातक तहको शैक्षिक प्रमाणपत्र पेस गर्नुपर्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077