Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बेलायत पठाइदिन्छु भन्दै ३४ लाख ठगी गरेको आरोपमा योगेश पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिन्छु भन्दै ३४ लाख २३ हजार तीन सय रुपैयाँ ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ परेका योगेश राईलाई शनिबार प्रहरीले सार्वजनिक गरेको हो ।

रोहित श्रेष्ठ र जिवेन्द्र श्रेष्ठलाई वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै उनले ३४ लाख २३ हजार तीन सय रुपैयाँ ठगी गरेको आरोपमा प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेको बताइएको छ ।

पक्राउ परेका राईमाथि जिल्ला प्रहरी परिसर काठमाडौँबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077