Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गौरीगंगामा माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

धनगढी । कैलालीको गौरीगंगामा एक महिलाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको छ ।

गौरीगंगा नगरपालिका–५ लालीगुराँस टोलकी ४१ वर्षीया लक्ष्मी सिजापतीको मृत्यु भएको हो ।

उनको घर नजिकै रहेको शिवशक्ति सामुदायिक वनमा माटो खन्नेक्रममा माटोको ढिस्कोमा च्यापिएर मृत्यु भएको हो ।

सिजापतीको पोष्टमार्टम गरी शव उनका आफन्तले बुझिसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077