Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

संवाद छाडेर वाक् युद्धमा ओली-नेपाल

काठमाडौं । तीन वर्षपछि संवाद शुरु गरेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच फेरि बोलचाल बन्द भएको छ ।

सरकार बनाउने अंक गणित पुर्‍याउनका लागि तीन वर्षपछि ओलीले नेपाललाई उनको घरमै गएर सत्ता गठबन्धनका लागि मनाएका थिए ।

तर, अहिले ओली र नेपालबीच सार्वजनिक भाषणमा गाली गर्नेबाहेक भेटेर संवाद हुन छाडेको छ।

गत फागुन २१ मा सत्ता समीकरण परिवर्तन भएसँगै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अगुवाइमा ओलीले नेपाललाई भेटेर वामपन्थी धारको गठबन्धनमा सहयोग गर्न आग्रह गरेका थिए । नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077