Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गण्डकीका मुख्यमन्त्रीलाई राप्रपाले विश्वासको मत नदिने

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत नदिने भएको छ ।

आइतबार मुख्यमन्त्री अधिकारीले गण्डकी प्रदेशसभा बैठकमा विश्वासको मत मागेका छन् ।

तर उक्त प्रस्तावमाथि छलफलका क्रममा बोल्दै राप्रपा संसदीय दलका नेता पञ्चराम तमुले आफ्नो पार्टी तटस्थ बस्ने जानकारी गराए ।

आफूमाथि सडकबाट प्रश्न उठ्दा छानबिन समिति बनाएर छानबिन गरौं भन्दा नमान्ने दल पनि केन्द्रीय सत्ता गठबन्धनमै भएको उनको भनाइ थियो ।

अहिलेको गठबन्धन पवित्र नभएको र राप्रपाले कसैलाई पनि मत नदिएर तटस्थ बस्ने तमुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077