Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गण्डकी प्रदेशसभाको बैठक आधा घण्टाका लागि स्थगित

पोखरा । गण्डकी प्रदेशसभाको बैठक आधा घण्टाको लागि स्थगित भएको छ ।

सभामुख कृष्णप्रसाद धितालले ३० मिनेटको लागि बैठक स्थगित भएको घोषणा गरेका हुन् ।

आइतबार अपराह्न बसेको बैठकमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मतका लागि प्रस्ताव पेस गरेका छन् ।

प्रस्ताव पेस गर्दै अधिकारीले सरकारले सिद्वान्त र प्राथमिकता, नीति कार्यक्रम र बजेट ल्याउने समय भएकाले सबैलाई विश्वासको मतका लागि अनुरोध गरेका छन् ।

कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले कांग्रेसलाई नजरअन्दाज गरेर अगाडि बढे साढे ३ वर्ष संसद् चल्न नदिन चेतावनी दिएका थिए । सभामुखलाई दलीय नभई तटस्थ बस्न उनको अनुरोध थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077