Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

कैलालीबाट अवैध मोबाइलसहित भारतीय नागरिक पक्राउ

धनगढी । कैलालीमा पाँच लाख रुपैयाँभन्दा बढीका मोबाइल र पार्टपूर्जासहित भारतीय नागरिक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढी उपमहानगरपालिका–४ ओमशान्ति टोलबाट ५ लाख ३२ हजार रुपैयाँ बराबरको अवैध सामानसहित एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको लखिमपुर खिरी बस्ने २३ वर्षीय आयुष गुप्ता रहेका छन्।

सामसङ कम्पनीका ५८ वटा मोबाइल, नोकिया कम्पनीका ५२ मोबाइल, २६ प्याकेट ग्लास, चार्जर, ३७९ डिस्प्ले, २८० वटा सिमकार्ड ट्रे लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

अवैध सामानसहित पक्राउ परेका गुप्तालाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको छ ।

उनको साथबाट बरामद सामान आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077