Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गण्डकीका सभामुखको कदम असंवैधानिक रहेको कांग्रेसको दाबी, अदालत जाने तयारी

पोखरा । गण्डकी प्रदेशका सभामुख कृष्ण धितालको कदमविरुद्ध नेपाली कांग्रेस अदालत जाने भएको छ ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा आइतबार मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिँदा ३० मत मात्र पाएका हुन् ।

जबकी संविधानको धारा १८८ (३) अनुसार सरकार टिकाउनको लागि ३१ सांसदको विश्वासको मत चाहिन्छ । तर, सभामुख धितालले भने आफ्नो मत सुरक्षित रहेको भन्दै अधिकारीले विश्वासको मत पाएको घोषणा गरे ।

यसका विरुद्धमा कांग्रेसले पत्रकार सम्मेलन गर्दै अदालत जाने बताएको हो । कांग्रेस संसदय दलका नेता सुरेन्द्रराज पाण्डेले सभामुखको कदम असंवैधानिक रहेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077