Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विश्वप्रकाश शर्मा भन्छन् - नेपालका राजनीतिक दलहरू सबै मिल्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली समाजमा आशा जगाउन सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

महामन्त्री शर्माले नेपाल कहिल्यै पराधीन नभए पनि सुगौली सन्धिपछि धेरै भूभाग गुमाउनु परेको उल्लेख गर्दै ती भूभागलाई फिर्ता ल्याउने गरी आफूलाई बलियो बनाएर अघि बढ्न नेपालका राजनीतिक दलहरू सबै मिल्नुपर्ने बताए ।

उनले नेपाल इतिहासको सबैभन्दा सुन्दरघडीमा रहेको र नेताहरू जनताको खरो प्रश्नभन्दा टाढा भाग्न नसक्ने अवस्था रहेकाले अब जनतामा आशा जगाउनका लागि साझा मनोविज्ञान बनाएर अघि बढनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077