Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गण्डकी प्रदेशका नवनियुक्त दुई मन्त्रीले लिए शपथ

पोखरा । गण्डकी प्रदेश सरकारमा दुई जना मन्त्री थपिएका छन् ।

मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद् विस्तार गर्दै एमालेको कोटाबाट २ जना मन्त्री थप गरेका हुन् ।

वेदबहादुर गुरुङ र सीता सुन्दासले सोमबार प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ लिए ।

गुरुङ ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र सुन्दास सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बनेका छन् ।

दुवै जना अधिकारीनिकट मानिन्छन् । योसँगै गण्डकीको मन्त्रिपरिषद् ५ सदस्यीय भएको छ ।

यसअघि माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान अर्थ मन्त्री बनेका थिए भने स्वतन्त्र सांसद दीपक मनाङे भौतिक पूर्वाधार विकास मन्त्री बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077