Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एकीकृत समाजवादीको प्रष्टीकरण - पार्टी एकताबद्ध छ, फुटको हल्ला निराधार हो

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी संसदीय दल एकढिक्का रहेको जनाएको छ ।

जनता समाजवादी पार्टीमा आएको विभाजनपछि सो पार्टीमा पनि सङ्कट उत्पन्न भएको टीकाटिप्पणी भइरहेका बेला समाजवादीले यस्तो बताएको हो ।

जसपा विभाजनपछि माधव नेपाल नेतृत्वको नेकपा एस पनि विभाजनको संघारमा पुगेको चर्चा चलिरहेको बेलामा पार्टीविरुद्ध चलाइएका भ्रमको पछि नलाग्न आग्रह गरेको छ।

संसदीय दलको बैठकपछि प्रमुख सचेतक मेटमणि चौधरीले संसदीय दलका सम्बन्धमा चलाइएका चर्चा एवं हल्लाहरू गलत रहेको भन्दै त्यस्ता भ्रममा नपर्न सबैलाई अनुरोध गरे ।

उनले पार्टी संसदीय दल एकताबद्ध रहेको प्रतिवद्धता बैठकमा व्यक्त भएको पनि जानकारी दिए ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाका सम्पूर्ण सदस्यहरूको सहभागिता रहेको बैठकमा समसामयिक राष्ट्रिय राजनीति, सङ्घीय संसद्को आगामी अधिवेशनमा खेल्नु पर्ने भूमिका लगायतका विषयहरूमा छलफल भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077