Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

डार्क फाइल प्रकरणमा एसपी थापा समेत मुछिए, सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । सिधाकुरा नामक अनलाइनले ‘डार्क फाइल’का नाममा सार्वजनिक गरेको अडियोमा नेपाल प्रहरीका एसपी समेत मुछिएका छन् ।

एसपी संजयसिंह थापासँग राजकुमार तिमल्सिनाको निकटतम सम्बन्ध देखिएको छ। थापासँग समेत सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ ।

बयान सकिएपछि सर्बोच्चले ६ जनासँग लिखित जवाफ माग गरेको छ । जसमा अन्नपूर्ण पोष्टका मालिक रामेश्वर थापा, कान्तिपुरका मालिक कैलाश सिरोहिया, वरिष्ठ अधिवक्ता हरि प्रसाद उप्रेती, अधिवक्ता किशोर बिष्ट, पत्रकार सुरेन्द्र काफ्ले र एसपी संजयसिंह थापा छन् ।

एसपी थापा त्यतीबेला अख्तियारको स्टिङ अप्रेसन टोलीका इन्चार्ज थिए । अडियोमा तिमल्सिनाले अख्तियारका एक अधिकारीसँग कुरा गरेका छन्। त्यो व्यक्ति थापा भएको बताएपछि उनीसँग समेत जवाफ माग भएको हो ।

एसपी थापामाथि सुन तस्करीको अनुसन्धानमा लापरबाही गरेकोमा समेत कारबाहीको तयारी भइरहेको छ ।

सिधाकुराले अख्तियारको स्टिङ अप्रेसन खारेज गर्न सर्बोच्चमा सेटिङ मिलाइएको दाबी गर्दै त्यससम्बन्धि अडियो सार्वजनिक गरेको थियो ।

प्रारम्भिक जाँचमा त्यो अडियो बनावटी भएको भन्दै हाल प्रेस काउन्सिलको निर्देशनमा हटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077