Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

'डार्क फाइल' प्रकरण : कैलाश सिरोहिया र रामेश्वर थापासहित सात जनासँग लिखित जवाफ माग

काठमाडौं । सिधाकुरा नामक अनलाइनले ‘डार्क फाइल’का नाममा सार्वजनिक गरेको अडियोमा सर्वोच्च अदालतले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियासहितका सात जनालाई लिखित जवाफ माग गरेको छ ।

सर्वोच्चले उक्त टेप सञ्चार माध्यमलाई उपलब्ध गराउने राजकुमार तिमिल्सिनाले पोलेका व्यक्तिहरु अन्नपूर्ण पोस्टका प्रकाशक रामेश्वर थापा तथा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियासहितका व्यक्तिहरुलाई लिखित जवाफसहित झिकाउने आदेश गरेको हो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय हरि फुयाँल तथा महेश शर्मा पौडेलको इजलासले एक हप्ताभित्र आरोपित थप व्यक्तिहरूलाई वयानका लागि अदालतमा उपस्थित गराउने आदेश गरेको हो ।

सर्वोच्चले थापा र सिरोहितसहित वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती, अधिवक्ता किशोरकुमार विष्ट, अन्नपूर्ण पोस्टका पत्रकार सुरेन्द्र काफ्ले, तत्कालीन प्रहरी उपरीक्षक सञ्जय थापा तथा किशोर विष्ट नामका अर्का एक व्यक्तिलाई घटनाबारे ७ दिनभित्र लिखित भनाइ राख्न भनेको छ ।

यस्तै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफूमाथि हुने सम्भावित धरपकड रोक्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका छन् । आफ्नो नागरिकता छानविनका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दर्ता भएको र त्यसक्रममा धरपकड हुनसक्ने भन्दै उनले त्यसलाई रोक्न अन्तरिम आदेशको माग गरेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077