Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सहकारी ठगीमा गृहमन्त्री लामिछानेमाथि छानबिन गर्नुपर्ने कांग्रेसको अडान कायमै

काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने अडान कायमै राखेको छ ।

मंगलबार सभामुख देवराज घिमिरेले बोलाएको शीर्ष नेताहरुको बैठकमा कांग्रेसले संसदीय समितिको पुरानै माग दोहोर्‍याएको हो ।

शीर्ष नेताहरूबीच भएको छलफलमा आफूहरुले पुरानै अडान राखेको प्रमुख सचेतक रमेश लेखकले बताए ।

प्रमुख सचेतक लेखकले सहकारी ठगीमा गृहमन्त्रीको पनि संलग्नता रहेका देखिएको दाबी गरे ।

उनले गृहमन्त्रीमाथि प्रश्न उठेपछि संसदीय छानबिन समिति बनाउनुपर्ने बताए ।

कांग्रेसले अघिल्लो अधिवेशनमा पनि सहकारी प्रकरणमा गृहमन्त्री जोडिएकोले संसदीय समिति गठनको माग गरेको थियो।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077