Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

झापामा चट्याङ लागेर एक जनाको मृत्यु

झापा । झापामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार अर्जुनधारा नगरपालिका-२ का ५४ वर्षीय मोहनप्रसाद दुलालको मृत्यु भएको हो ।

दिउँसो घर नजिक बारीमा मकैमा मल लगाउँदै गर्दा चट्याङ परेको थियो । सोही चट्याङ उनलाई लागेको थियो।

त्यसपछि उनलाई बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो ।

उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077