Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसी राष्ट्रपति पुटिनले गरे पाँचौँ कार्यकालका लागि शपथ ग्रहण

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पाँचौँ कार्यकालका लागि शपथ लिएका छन् ।

गएको मार्चमा भएको चुनावमा ८७ दशमलव २८ प्रतिशत मत ल्याएर विजयी भएका पुटिनले आज विशेष समारोहका बीच शपथ लिएका हुन् ।

पुटिनको शपथ ग्रहण समारोह कार्यक्रमलाई अमेरिका, बेलायत तथा युरोपेली सङ्घका देशहरूले बहिष्कार गरेका छन् ।

सन् २००० को मे ७ मा पहिलो कार्यकालका लागि शपथ लिएका पुटिन त्यसयता लगातारजसो रुसको सत्तामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077