Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गौरीघाटस्थित टेन्ट पण्डाल राखिएको टहरामा आगलागी

काठमाडौं । काठमाडौंको गौरीघाटमा आगलागी भएको छ ।

प्रहरी वृत्त गौशालाका अनुसार काठमाडौं महानगरपालिका-७ गौरीघाटस्थित टेन्ट पण्डाल राखिएको एक टहरामा बुधबार बिहानै आगलागी भएको हो ।

४ वटा दमकल प्रयोग गरी आगो निभाइएको छ । बिहान ४ बजेतिर लागेको आगो ६ बजेपछि नियन्त्रणमा आएको हो ।

आगलागीबाट टहरा नजिक रहेका १र२ वटा घरमा पनि सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । आगलागीको कारण भने खुल्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077