Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राज्यव्यवस्था र शिक्षा समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ ।

राज्यव्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्ने भएको हो ।

बिहान ११ बजे बस्ने राज्यव्यवस्था समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल गरिने छ ।

त्यस्तै दिउँसो १ बजे बस्ने शिक्षा समितिको बैठकमा सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि छलफल गरिने कार्यसूचीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077