Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कोशीमा बजेट अधिवेशन बोलाउन मन्त्रीहरुले बुझाए प्रदेश प्रमुखलाई स्मरण पत्र

विराटनगर । कोशी प्रदेश सरकारले बजेट अधिवशेन सिफारिस गरिसकेको विषयबारे प्रदेश प्रमुखलाई स्मरणपत्र बुझाएको छ।

मुख्यमन्त्री केदार कार्कीको तर्फबाट सरकारका मन्त्रीहरूले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष स्मरणपत्र बुझाएका हुन्।

बुधबार नै बसेको मन्त्रिपरिषद बैठकले जेठ ११ गतेलाई बजेट अधिवेशन बोलाउन सिफारिस गरेको विषय प्रदेश प्रमुखलाई पुनः स्मरण गराउने निर्णय गरेको थियो।

यसअघि नै सरकारले बजेट अधिवेशन आह्वानको सिफारिस गरेको थियो। तर, त्यसअघि नै प्रदेश प्रमुख पर्शुराम खापुङले एमाले र माओवादीको समावेदनका आधारमा वैशाख ६ गते विशेष अधिवेशन आह्वान गरेका थिए।

वैशाख ७ मा प्रदेश सभाले मुख्यमन्त्री केदार कार्कीविरूद्ध संकल्प प्रस्ताव पारित गरेको थियो।

प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखलाई दबाब दिइरहेका बेला सरकारले संसद अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाइ स्मरण गराएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077