Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने - प्रचण्ड नेतृत्वको सरकार नै अगाडि बढ्छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन सरकार नै अगाडि बढ्ने बताएका छन् ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

सत्ता समीकरणमा असन्तुष्टी पोख्दै आएका अध्यक्ष नेपालले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार नै अगाडि बढ्ने बताए ।

अध्यक्ष नेपालले भने, ‘अहिले यो सरकार छ, यही सरकार अगाडि बढ्छ।

’ उनले सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा अहिलेको समस्या समाधान गर्न सक्नेगरी ल्याउनुपर्नेमा जोड दिए ।

बजेटको विषयमा प्रधानमन्त्री प्रचण्डसँगको भेटमा पनि आफूले राख्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077