Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नाबालिकाको चरित्र हत्या गरेको आरोपमा शिक्षक पक्राउ

काठमाडौं ।नेपाल प्रहरीको साइबर ब्यूरोले नाबालिकाको चरित्र हत्या गरेको आरोपमा एक जना शिक्षकलाई पक्राउ गरेको छ।

साइबर ब्यूरोका अनुसार पक्राउ पर्नेमा भक्तपुर नगरपालिका ४ काहालान्चका २८ वर्षीय शिक्षक रहेका छन्।

नाबालिकाले अनलाइनमार्फत अध्ययन गर्न फेसबुक खोलेकी थिइन्। उक्त फेसबुकमा राखेका तस्बिरहरू ती शिक्षकले डाउनलोड गरेका थिए।

नाबालिकाको नक्कली फेसबुक आइडी बनाएर अश्लिल तस्बिरमा नाबालिकाको अनुहार जोडेर, अश्लिल गतिविधिका कन्टेन्ट लेखेर चरित्र हत्या गरेको ब्यूरोले जनाएको छ।

यसरी चरित्र हत्या गरेको भन्दै नाबालिकाका अभिभावकले ब्यूरोमा निवेदन दिएका थिए।

त्यसको अनुसन्धान र प्राविधिक विश्लेषण गर्दा ती शिक्षक रहेको खुलेको हो। ब्यूरोले ती शिक्षकलाई सोमबार पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077