Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बेलायत पठाइदिन्छु भन्दै साढे ४५ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले क्यानडा र बेलायत पठाइन्छु भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखाका ३८ वर्षीय वकिलबहादुर आले र तनहुँका ३४ वर्षीय धर्मेन्द्र श्रेष्ठ रहेका छन् ।

आलेले बेरोजगार नेपालीलाई आकर्षक तलबको प्रलोभन देखाएर ३६ लाख ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनले प्रतिव्यक्ति १७ लाख खर्च लाग्ने र मासिक १ लाख ८० हजार तलब पाउने प्रलोभन देखाएका थिए।

आलेविरुद्ध ६ जनाले जाहेरी दिएपछि प्रहरीले गोरखाबाट पक्राउ गरेको थियो।

त्यस्तै श्रेष्ठले बेलायत पठाइदिन्छु भन्दै २ जनासँग ९ लाख ५० हजार ठगी गरेका थिए। श्रेष्ठले पनि आकर्षक तलबको प्रलोभन देखाएर पैसा लिई फरार बनेका थिए।

उनलाई काठमाडौंको गोंगबुबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077