Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अब कैलाली ट्राफिकको कमाण्ड इन्स्पेक्टर सारुले सम्हाल्ने !

कैलाली । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको नयाँ प्रमुखमा प्रहरी निरीक्षक गंगा बहादुर सारु आउने भएका छन् ।

यसअघिका प्रमुख दिपक मल्ल डीएसपीमा बढुवा भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली प्रमुखविहीन बनेको थियो ।

तर बुधबार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले एकसाथ ५१९ जना प्रहरी निरीक्षकको सरुवा गर्दै कैलाली ट्राफिकको प्रमुखमा सारुलाई पठाएका हुन् ।

इन्स्पेक्टर सारु लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल, रुपन्देहीमा कार्यरत थिए । अब उनी केही दिनपछि कैलाली ट्राफिकको कमाण्ड सम्हाल्न आउने छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077