Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जसपा नेपालका अध्यक्ष यादवले बोलाए केन्द्रीय समितिको बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय समितिको बैठक बोलाएका छन् ।

पार्टी विभाजनपछि अध्यक्ष यादवले केन्द्रीय समितिको बैठक बोलाएका हुन्।

जसपा, नेपालको केन्द्रीय समिति बैठक बैशाख ३१ र जेठ १ गते बस्नेछ । बुधबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकले केन्द्रीय समिति बैठक आह्वानको निर्णय गरेको थियो।

अशोक राईले पार्टी विभाजन गरेर जनता समाजवादी पार्टी गठन गरेपछि यादवले केन्द्रीय समिति बैठक बोलाएको हो ।

बहुमत सांसद लिएर राईले नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गराइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077