Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपराष्ट्रपति यादव र नर्वेका राजदूत ड्रामडलबीच शिष्टाचार भेट

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि नर्वेका राजदूत तोरुन ड्रामडलले शिष्टाचार भेटवार्ता गरेकी छन् ।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा बिहीबार उपराष्ट्रपति यादवसँग राजदूत ड्रामडलले शिष्टाचार भेट गरेबी हुन् ।

भेटमा दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध, लोकतन्त्र, मानवअधिकार र सामाजिक न्यायलगायतका विषयमा छलफल भएको थियो ।

उपराष्ट्रपति यादवले नर्वे नेपालको घनिष्ट मित्रराष्ट्र भएको उल्लेख गर्दै सन् १९७३ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र नर्वेबीचको सम्बन्ध मैत्रीपूर्ण तथा सौहार्द्रपूर्ण रही आएको बताए ।

उपराष्ट्रपति यादवले विकास साझेदारको रुपमा नेपालले नर्वेसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको बताएका थिए । राजदूत ड्रामडलले नेपाल र नर्वेबीच धेरैको कुरामा समानता रहेको उल्लेख गर्दै यहाँ जसरी नै नर्वेमा पनि तीन तहको सरकार रहेको बताइन् ।

उनले नर्वेले हाइड्रोपावर, विद्युत् प्रसारणलगायतका क्षेत्रमा सहयोग गर्दै आएको जनाउँदै नेपालको आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले नर्वेको निजी लगानीकर्ताहरुलाई नेपाल भित्र्याउने आफू प्रयासरत रहेको समेत बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077