Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वैदेशिक रोजगारमा पठाई दिने भन्दै ठगी गर्ने नगरकोटी ठमेलबाट पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारमा पठाई दिने भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–२ घर भई हाल काठमाडौंको टोखा नगरपालिका बस्ने असिम नगरकोटी रहेका छन्।

नगरकोटीले आकर्षक तलबको प्रलोभनमा पारी बेरोजगार युवायुवतिहरुलाई बैदेशिक रोजगारीमा पठाउने भन्दै ठगेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठमेलबाट पक्राउ गरेको हो । नगरकोटीलाई कारवाहीका लागी वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077