Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तीन जना न्यायाधीशहरुको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । न्याय परिषद्ले तीन जना न्यायाधीशहरुको सरुवा गरेको छ ।

बिहीबार न्यायपरिषद् बैठकले एक जनाको सरुवा र दुई जनाको काज सरुवा गरेको हो ।

सरुवा भएका न्यायाधीशमा जुम्ला इजलासमा (हाल काज उच्च अदालत सुर्खेत) कार्यरत खडकबहादुर केसी उच्च अदालत पोखराको न्यायाधीशमा सरुवा भएका छन् ।

त्यसैगरी काज सरुवा भएका न्यायाधीशमा उच्च अदालत विराटनगरको उच्च अदालत पोखराको बागलुङ इजलासमा सरुवा भएका छन् ।

उच्च अदालत पोखरा बागलुङ इजलासका न्यायाधीश मदन पोखरेल उच्च अदालत सुर्खेतमा सरुवा भएका छन् ।

काज सरुवा र न्याय सेवाका दुई सहसचिवहरूको सरुवा र दुई सहसचिवहरूको पदस्थापन भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077