Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

‘मुख्यमन्त्रीको पिए हुँ’ भन्दै ठगी गरेको आरोपमा सुवास पक्राउ

कास्की । ‘म मुख्यमन्त्रीको पिए हुँ’ भन्दै ठगी गर्ने एकजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–३१ का ३८ वर्षीय सुवास सुवेदी पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार उनले गत वैशाख २० गते लेकसाइडमा रहेको एके टुर्स एन्ड ट्राभल्समा फोन गरेका थिए । फोनमा उनले आफूलाई मुख्यमन्त्रीको पीए रहेको परिचय दिएका थिए ।

तुरुन्तै पोखरा–काठमाडौं र काठमाडौं–नेपालगञ्जको टिकट बुक गरिदिनुस्। पैसा क्यूआर कोडमार्फत् पठाइदिन्छु’ भन्दै उनले ठगी गरेको आरोप छ ।

काठमाडौंबाट पक्राउ परेका सुवेदीलाई २ वटा ठगीसम्बन्धी मुद्दामा प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077