Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

९८ लाखसहित पक्राउ परेका दुई जना सुन तस्करीमा पनि संलग्न

काठमाडौं । काठमाडौंबाट स्रोत नखुलेको ९८ लाख नगद रुपैयाँसहित दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौं महानगरपालिका-५ मालिगाउँबाट दुई जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा रूपन्देही सियारी गाउँपालिका वडा नम्बर ७ बस्ने २९ वर्षीय मिलन विक र २८ वर्षीय समिर सुनार छन्।

मिलन र समिर बा १३ च ४८५८ नम्बरको कारमा सवार थिए। उनीहरू सुन तस्करीमा पनि संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरूले यो रकम हुण्डीको कारोबारका लागि प्रयोग गर्ने गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए ।

उनीहरूको मोबाइल जाँच गर्दा उनीहरूले हुण्डीसँगै सुनको अवैध कारोबार सम्बन्धी कुराकानी गरेको समेत खुलेको छ ।

पक्राउ परेका मिलन दोलखामा गत असोज १० गते बरामद भएको ११.५ किलो अवैध सुनको पैठारी र संगठित अपराध कसुरमा फरार प्रतिवादी समेत हुन्।

प्रहरीले उनीहरूबाट नगद, गाडी, मोबाइलहरू बरामद गरेको छ। उनीहरूलाई हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसुरमा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077