Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले अध्यक्ष ओली भने - नयाँ नोटबारे राष्ट्रपतिका सल्लाहकारबाट खेलवाडपूर्ण अभिव्यक्ति आयो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नोटमा नेपालका नक्सा छाप्ने सन्दर्भमा राष्ट्रपतिका विज्ञ सल्लाहकार चिरञ्जीवी नेपालको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

शुक्रबार संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले राष्ट्रपति रामचन्द्र पौडेलका सल्लाहकारबाट राष्ट्रियताको सवालमा अत्यन्तै खेलवाडपूर्ण अभिव्यक्ति आएको बताएका हुन्।

अध्यक्ष ओलीले एक सयको नोटमा नेपालको चुच्चे नक्सा छाप्ने निर्णयकोविरुद्ध विज्ञ सल्लाहकारले अभिव्यक्ति दिएको भन्दै राष्ट्रपति पौडेलसँग जवाफ मागे । राष्ट्रपतिको सल्लाहकारको भनाइलाई एमालेले गम्भीर रूपमा लिएको र जवाफ मागिने पनि ओलीले स्पष्ट पारे ।

अध्यक्ष ओलीले राष्ट्रपतिले कसका मानिसलाई जागिर खुवाएर राखेको भन्दै प्रश्न गरे ।

अध्यक्ष ओली भने, ‘नेपालले आफ्नो नोटमा नेपालको नक्सा छाप्छ भन्ने एउटा खबर आयो। नेपाल सरकार र नेपालले आफ्नो नोटमा नेपालको नक्सा छाप्छ।अर्को देश कराएको छ! किन कराएको अर्को देश? नेपालको नोटमा नेपालको नक्सा छाप्छ, उसको देशको त छापेको होइन। किन करायो होला भन्दै गर्दा राष्ट्रपतिका विज्ञ सल्लाहकार भनिएकाहरू अर्को देशका कराएकाहरूसँगै यो फलानो देशलाई उत्तेजित पार्न खोजिएको हो नक्सा छाप्ने कुरा आदि इत्यादि भनेर।’

उनले राष्ट्रिय भावनामा यतिसम्म न्यूनतम वा विद्वेष भएकाहरू राष्ट्रपति निवासमा बसेर त्यहाँ गुँड बनाएको भन्दै कटाक्ष गरे।

राष्ट्रपति पौडेलका विज्ञ सल्लाहकार नेपालले भारतीय सञ्चार माध्यमहरूसँग नेपालले नयाँ नोटमा लिपुलेक सहितका भूभाग समेटेर छापिएको नक्सा राख्नुलाई उपयुक्त नभएको प्रतिक्रिया दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077