Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कांग्रेसको नाराबाजीपछि संसद्‌ बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । सहकारी ठगीबारे संसदीय छानबिन समिति गठनको माग गर्दै नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ ।

संसद्को अधिवेशन सुरु भएको दिन नै कांग्रेसले बैठकमा आफ्नो कुरा राखेर बैठकको नियमित कारबाही अघि बढाउन नदिएको हो ।

कांग्रेसका सांसदहरूले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

कांग्रेसको अवरोधबीच सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाउन खोजेका थिए।

त्यसपछि नेपाली कांग्रेसका सांसदहरूले वेल घेराउ गरेका थिए।

त्यसअघि नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले सहकारीको बचत अपचलनमा संसदीय छानबिन समिति नबनाएसम्म संसदको कामकारबाही अघि बढ्न नदिने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077