Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रतिनिधिसभाको बैठक सुरू हुने बित्तिकै कांग्रेसले थाल्यो नाराबाजी

काठमाडौं । प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि नेपाली कांग्रेसले अवरोध गरेको छ ।

सभामुख देवराज घिमिरेले दोस्रो बैठक सुरु भएको घोषणा गर्ने बित्तिकै कांग्रेस सांसदहरू उठेर नारवाजीसहित बेल घेराउमा उत्रेका हुन् ।

शुक्रबारदेखि सुरू भएको संसदको बर्खे अधिवेशनको पहिलो बैठक कांग्रेसको अवरोधका कारण स्थगित भएको थियो।

त्यसपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो। बैठकमा सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेले आफ्ना कुरा राख्न आग्रह गरिरहेको र उनको कुरा सुन्नु पर्ने बताएका छन्।

तर कांग्रेसका सांसदहरूले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने पनि जोडिएको भन्दै संसदीय छानविन समिति बनाउन माग गर्दै नाराबाजी गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077